Saturday, March 22, 2025
देशकोशी प्रदेशसुनसरीका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु

सुनसरीका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु

सुनसरी / सुनसरीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढ्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण जाडो बढेको छ ।

बाक्लो हुस्सुका कारण इटहरी , धरान , बराहक्षेत्र , दुहबी , कोशी , देवानगञ्ज , बर्जु ,हरिनगर, भोक्राहा , रामधुनी र इनरूवा लगायतका स्थानको हुस्सुका कारण मानिसको जनजीवन प्रभावित बनेकाे छ ।

जिल्लाका विभिन्न स्थानमा बिहानदेखि मधुरो घाम लागेको भए पनि जिल्लाको दक्षिणी भेगमा भने बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।

बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण जिल्लाका सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । जिल्लाका दक्षिणी ,उत्तरी भेगका विपन्न परिवारको जनजिव प्रभावित भनेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img