समाजदुर्घटनापछि यति एयरलाइन्सले फेसबुक कमेन्ट अफ गर्यो

दुर्घटनापछि यति एयरलाइन्सले फेसबुक कमेन्ट अफ गर्यो

काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि यति एयरलाइन्सले फेसबुक पेजमा ‘कमेन्ट सेक्सन’ बन्द गरेको छ ।

दुर्घटनापछि यतिको पेजमा नकरात्मक कमेन्ट आउन थालेपछि एयरलाइन्सले कमेन्ट सेक्सन नै अफ गरेको छ ।

यसो त यसअघि यति एयरलाइन्सको फेसबुक पेजमा कमेन्ट अफ गरेको थिएन । तर, अहिले भने एयरलाइन्सले फेसबुकमा कमेन्ट अफ गरेको छ ।

यति मात्र होइन यति एयरलाइन्सले विमान दुर्घटनापछि फेसबुक पोष्टमा गरिएका अधिकांश नकरात्मक कमेन्ट समेत डिलिट गरेको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान सेती खोँचमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img