Sunday, January 19, 2025
समाजघरपरिवार भेट्न अमेरिकाबाट आएका राजन घर पुगेनन्

घरपरिवार भेट्न अमेरिकाबाट आएका राजन घर पुगेनन्

पोखरा – पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा हिजो बिहानैदेखि खुसियाली थियो ।

एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै विमान दुर्घटनामा पर्‍यो ।

डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए ।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img