Monday, January 13, 2025
समाजयतीको टिकट क्यान्सिल गरेका पशुपति शर्मा

यतीको टिकट क्यान्सिल गरेका पशुपति शर्मा

काठमाडौं । ६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो ।

आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये चार जना अझै बेपत्ता छन्। आइतबार साँझसम्म गरिएको खोजीमा ६८ जनाको शव फेला परेका थिए। रातको समयमा उद्धार गर्न नसकिएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। उनीहरुको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ। 

चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले हिजो यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन विमानको प्रतीक्षामा थिए ।”

अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ । पशुपति शर्माले विमान दुर्घटनाबारे गरेको कुराकानीः-“खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आईतबारको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो । फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।”

“हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दुर्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।”

“दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो । त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।”

“मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जिन्दगी एक नाटक हो । कहाँ गएर के हुन्छ भन्ने कसैलाई पत्तो नै हुन्न ।’ हामी हिँडिराख्ने मान्छे । कतिपटक यसै प्लेनबाट मैले आवातजावत गरेको छु । आज यस दुर्घटनामा म आफैं पनि पर्न सक्थें । सायद मेरो कामले म आउनु नपरेको भए, म आज यसै प्लेनमा आइरहेको हुन्थें । मलाई मेरो ग्रह र मेरो कर्मले बचाएको हुनसक्छ ।”

“मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दुर्घटनाअघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img