समाजनवलपुरमा दुईवटा गैडा मृत अवस्थामा भेटिए

नवलपुरमा दुईवटा गैडा मृत अवस्थामा भेटिए

नवलपुर । नवलपुरको सेहरीस्थित नारायणी नदी किनारमा दुईवटा गैडा मृत अवस्थामा भेटिएका छन् । दुईवटा गैडामध्ये माउ र बच्चा रहेको स्थानीयले जनाएका छन् ।

आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ । स्थानीयका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ ।

अहिले गैडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने अनुसन्धान थालिएको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ ।

जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् । करिब १५ दिन भित्रमा बाघले २–३ वटा गाइ बस्तु पनि खाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img