भक्तपुर – विजया दशमीको दिन भक्तपुरको ब्रम्हायणीमा लागेकाे मेलाबाट एक महिलाको सुनकाे सिक्री लुटिएको छ। मेलामा सहभागी भक्तपुर दुवाकोटकी लक्ष्मी महर्जनको साढे दुई तोलाको सिक्री लुटिएको पीडितले बताइन्।
सिक्री लुटिएपछि जात्रास्थलमै उनी विलौना गरेर रोएकी थिइन्। उनका अनुसार सिक्री लुटेकाे उनले चालसमेत पाएकी थिइन्। सिक्री लुट्दा आफुलाई अंगालो मारे जस्तै गरेको उनले बताइन् । उनले त्यहीबेला आफनो सिक्री बचाउन उनले पनि छातीमा रहेको सिक्री समात्न खोजेको तर नसकेको सुनाइन्।
घटना हुने बित्तिकै चोर-चोर, गुहार-गुहार, मेरो सिक्री लुट्यो, मेरो सिक्री लुटयो भनेर आफुले चिच्याएपनि कसैले वास्ता नगरको उनले बताइन्। उनका अनुसार सिक्री मन्दिर परिसरमै लुटिएको हो। जात्रास्थलमा मानिसको अत्याधिक भीड र बाजा बजेका कारण त्यसतर्फ उनको ध्यान नगएको हुनसक्छ।
प्रत्येक वर्ष दसैको अन्तिम दिन विजया दशमीमा ब्रम्हायणीमा यहाँं ठूलो मेला लाग्ने गर्दछ। यस दिन बिहान सबेरैदेखि दिनभर यहाँं मेला लाग्ने गर्दछ । साथसाथै राति पनि त्यहाँबाट देवगण तलेजू लगेको हेर्न आउनेको भीड लाग्छ। दसैंको मेलाको पहिलो दिन पनि यहीबाट सुरु हुने गर्दछ।



