देशकोशी प्रदेशबराहक्षेत्रको चारकोसे जंगलमा नवजात शिशु फाल्ने युवब पक्राउ

बराहक्षेत्रको चारकोसे जंगलमा नवजात शिशु फाल्ने युवब पक्राउ

सुनसरी / बराहक्षेत्रको चारकोसे जंगलमा नवजात शिशु फाल्ने ए युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबु सुनसरीको दुहबी नगरपालिका- १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका -२ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । आज सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको छ ।

अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको हो ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले माघ ६ गते बराहक्षेत्र नगरपालिका – २ को चारकोसे जंगलमा छाडेका थिए । जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img