सुनसरी / इटहरीमा चार पाँच दिनदेखि जंगली हात्तीले आतंक मच्चाएपछि इटहरीका मेयर हेमकर्ण पौडेल गस्तीमा गएका थिए ।
इटहरी- २ सिरान टोल , पानिपिया, इटहरी २० सिरानको बनबाट शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासीहरू रातभर जाग्राम बस्दै आएका छन् ।
हिजो साँझ इटहरीका मेयर पौडेलसहित इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्कासहितले स्थलगत पुगेर स्थानीयबासीसँगै गस्तीमा निस्किएका थिए ।
हात्ती आउने नाकाको निगरानी गरेर ठाउँठाउँमा आगो बाल्ने, सिठ्ठी बजाउने कार्य गरिदै आएको छ । मेयर पौडेलले हात्ती आतंक बढेको भन्दै सर्वसाधरणहरुलाई सचेत रहन आग्रह समेत गरेका छन । बाटोहरुको पोलहरुमा बत्ती बाल्ने काम उपमहानगरले गरिसकेको छ ।
छावासहित दर्जन बढीको संख्यामा आएका हात्तीले लगातार चार पाँच दिनदेखि मानव वस्तीमा पसेको गुनासो आएपछि स्थानीयसँगै गस्तीमा गएका हुन् ।
डीएसपी खड्का र इटहरी २ का वडाध्यक्ष माधव कोइरलासहित स्थानीयले गस्ती गरेका थिए । जङ्गली हात्तिकाे आक्रमणबाट बच्न तथा धन जनकाे क्षती हुने भएकाले इटहरीबासिलाई सजग रहन समेत वडा अध्यक्ष माधव काेईरालाले बताउनु भएको छ ।
यो पनि : इटहरी २ मा जंगली हात्तीको आतंक



