इटहरी : सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा मोटरसाइकलाई बसले ठक्कर दिँदा एकजनाको मृ´त्यु भएको छ ।
मृ’त्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका :६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभएको छ ।
ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका गिए उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मु´त्यु भएको सप्तरीका प्रहरीले जनाएका छन् ।
त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको उसको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनलाई लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स २ प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो र अमरनाथको थप जानकारी आउन बाकी रहेको छ ।



