समाजकतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड

कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड

काठमाडौं: नेपाली युवा रञ्जीतकुमार पालले करिब ८२ करोड रुपैयाँको चिठ्ठा जितेका छन्। कतारमा बस्दै आएका पालले यूएईको आबुधाबीमा आयोजित बिग टिकट लक्की राफल ड्रमा २३ मिलियन दिराम (८१ करोड ९८ लाख रुपैयाँ) जितेका हुन्।

पालले जनवरी १६ मा चिठ्ठा खरिद गरेका थिए। उनको टिकट नम्बर २३२९३६ थियो। उनी कतारको राजधानी दोहामा सात वर्षदेखि बस्दै आएका छन्। उनी मनी एक्सचेञ्ज कम्पनीमा काम गर्छन्।

स्थानीय सञ्चारमाध्यम खलिज टाइम्सका अनुसार पाल दुई छोराका बुवा हुन्। उनी चिठ्ठा जितेको खबर सुनेपछि उत्साही भएको उक्त अनलाइन पत्रिकाले जनाएको छ।

“म निकै रोमाञ्चित छु। म नेपालमा रहेका मेरा परिवारलाई यो रकम पठाउन चाहन्छु”, उनले भने।

पछिल्लो १५ महिनादेखि उनी चिठ्ठा खरिद गर्दै आएका थिए। उनी फेरि पनि चिठ्ठा खरिद गर्ने योजनामा छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img