समाजहेटौंडा मेलामा आज निशान भट्टराई र प्रताप दासको प्रस्तुती रहने

हेटौंडा मेलामा आज निशान भट्टराई र प्रताप दासको प्रस्तुती रहने

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि हेटौडाको टि.सि.एन चौरमा १० औ राष्ट्रिय औधोगिक ब्यापार महोत्सव २०७९ जारी छ ।

शुक्रबार मेलामा कर्मा ब्याण्ड, गायक मानसराज र गायिका ऋतु कंडेलले बिजोड प्रस्तुती दिएका थिए । आज शनिबार गायक भट्टराई र दासको साथै बाल गायक जेनिश उप्रेतीको पनि प्रस्तुती रहने जनाइएको छ । यस्तै, भोली आइतबार भने शान्तिश्री परियार, सुजील कर्माचार्य लगायतको प्रस्तुती रहने जनाइएको छ ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img