फेब्रुअरी महिना सुरु हुनेबित्तिकै वातावरणमा माया र मायाको भावना पग्लिन थाल्छ । यो वसन्त ऋतुको प्रभाव हो भने पश्चिमी देशहरूमा यो हावा भ्यालेन्टाइन सिजनको हो ।
कुल ९ दिनको भ्यालेन्टाइन वीक आफैमा एउटा यस्तो प्रेमको कथा हो, जुन निकै रोचक छ । माया गर्ने जोडीका लागि हरेक दिन विशेष हुन्छ । त्यसमाथि, प्रेमको अभिव्यक्ति पछि दिनहरु थप रोचक हुन्छन् ।
यद्यपि भ्यालेन्टाइन डेमा मायालु जोडीहरूले आफ्ना प्रेमीहरूलाई फूल र टेडी बियर उपहार दिन्छन्, तर के तपाईंलाई यसको पछाडिको कथा थाहा छ । यो एक दिन मात्र नभई ९ दिनको पुरा प्रेम कथा हो, जुन हामी तपाईलाई बताउँनेछौं ।
७ देखि १४ फेब्रुअरीसम्म प्रेम नै प्रेम
फेब्रुअरी महिनाको पहिलो साता समाप्त हुने दिनदेखि नै जोडीको प्रेम अभिव्यक्त गर्ने सिजन सुरु हुन्छ । फेब्रुअरी ७ देखि नै प्रेमी–प्रेमिकाले १४ फेब्रुअरीका लागि माहौल बनाउन थाल्छन् । रोज डे फेब्रुअरी ७ मा मनाइन्छ, अर्थात् प्रेमीले आफ्नी प्रेमिका वा आफूले प्रपोज गर्न लागेको व्यक्तिलाई गुलाब दिन्छन् ।
त्यसको भोलिपल्ट अर्थात् फेब्रुअरी ८ मा उनीहरुले आफ्नो प्रेमिका वा प्रेमीलाई प्रपोज गर्छन् । यस दिनको लागि धेरै तयारी गरिएको छ र यहाँ तय गरिएको छ कि उनीहरूको भ्यालेन्टाइन डे राम्रो हुने हो कि यो आँसु बगाएर बिताउने हो ।
त्यसपछि फेब्रुअरी ९ मा जसको प्रस्ताव स्वीकृत भयो, उनले आफ्नो पार्टनरलाई चकलेट दिएर खुसी बनाउँछन् । यसपछि फेब्रुअरी १० मा टेडी डे आउँछ । यस दिन केटा र केटीहरूले आफ्नो पार्टनरलाई टेडी बियर दिएर आफ्नो प्रेम व्यक्त गर्छन् ।
त्यसपछि फेब्रुअरी ११ मा, तिनीहरूले एक लामो जीवन अगाडि बढाउने वाचा पनि लिन्छन् । यदि सबै ठीकठाक चलिरहेको छ भने, फेब्रुअरी १२ मा उनीहरूले एक अर्कालाई अँगालो हालेर हग डे मनाउँछन् ।
जब घनिष्ठता बढ्न थाल्छ, तब फेब्रुअरी १३ मा, प्रेमीहरूले चुम्बन दिवसमा एकअर्कालाई चुम्बन गरेर आफ्नो प्रेम व्यक्त गर्छन् । यसपछि उनीहरुको वास्तविक दिन अर्थात् भ्यालेन्टाइन डे आउँछ । फेब्रुअरी १४ मा, तिनीहरू संसारको अगाडि आफ्नो प्रेम घोषणा गर्छन् र एक अर्कामा हराएको देखिन्छ ।
यस्तो छ इतिहास
विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।
आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।
जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।