Tuesday, June 17, 2025
साहित्य'सपनाको मायालु'

‘सपनाको मायालु’

spot_img
  • अर्जुन दाहाल

आँखाले नदेखेको
कानले नसुनेको
जिब्रोले नबोलेको
न त कुनै स्पर्श
न त कुनै बासना
तर पनि उ मन्त्र मुघ्ध छ
आफ्नी सपनाको मायालुको यादमा ।

यो गल्ती उसको होइन
उसको उमेरको हो
जुन बेला प्राकृतिक नियम जसरी
हरेक किशोर र किशोरीले सोच्ने गर्दछ्न
आफ्नो आफ्नै सपनाका मायालु
मायालुमा हुनुपर्ने गुण
अनि मायालु सङसङैको दैनिकी ।

-Ads-

भगवान महादेवले पनि सतिदेविको परिक्षा लिएका थिए
बुढो ब्यक्ति भएर
खरको छाना भएको भत्किन आटेको घर देखाएर

पुनः पार्वतीको परिक्षा लिएका थिए
इन्द्रको भेष धारण गरेर
उसलाई पनि स्वास्थानीको कथा कन्ठस्थ छ
त्यसैले उ पनि परिक्षा लिन्छ
आफ्नी सपनाको मायालुको
कहिले मन्दिरमा मागेर
कहिले कल्पनामानै
हेर त उमेरको दोष ।

त्यसैले ए यौनावस्थाका
किशोरकिशोरिहरु
तिमीहरूलाई भएको घटना
हरेकलाई हुन्छ
आफ्नो सपनाको मायालुको कल्पना गर्दा
कल्पना गर
कि कल्पनाको भरमा कसरी जिन्दगी चलाउने
किनकी कल्पनामा त असम्भव भन्ने कुरा केही हुदैन
अनि माग ईश्वर सङ
ज्ञानको भण्डार
आफ्नो सपनाको मायालुलाई खुसी राख्न ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img