देशबागमती प्रदेशनेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बागमती प्रदेशको अध्यक्षमा शंकर सिह

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बागमती प्रदेशको अध्यक्षमा शंकर सिह

हेटौंडाः नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बागमती प्रदेशको अध्यक्षमा शंकर सिह चयन भएका छन् । शनिबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित संघको दोस्रो भेला एवम् अधिबेशनबाट शंकर सिहको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा राजु नेपाल चयन भएका छन् । यस्तै, सचिवमा राजन बंजरा, कोषाध्यक्षमा मुकुन्द नेपाल चयन भएका छन् । अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अथिति काँग्रेसका मकवानपुर जिल्ला सभापति तथा प्रदेश संसद इन्द्र बाहादुर बानिया थिए ।

उद्घाटन समारोहमा बोल्दै संसद बानियाले आफु प्रबिधि र प्राविधिकको पक्षमा रहेको बताए ।

कार्यक्रममा केही किसान लाई सम्मानपत्र सहित क्याल्सियम वितरण गरिएको थियो भने फर्माहरुलाई समान स्वरूप मायाको चिनो पर्दान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img