देशकोशी प्रदेशइटहरी धरान ६ लेन सडक लाइनका फुटपाथ हटाइने

इटहरी धरान ६ लेन सडक लाइनका फुटपाथ हटाइने

सुनसरी / इटहरी -धरान ६ लेन सडक विस्तार अन्तरगतका सडक लाइनका फुटपाथ हटाइने भएको छ ।

शुक्रबार बसेको १२८ औँ कार्यपालिका बैठकले इटहरीको मुख्य चोकदेखि धरान लाइनमा फुटपाथ अतिक्रमण गरी बनाएका ठूला संरचनाहरू भत्काइने भएको हो

रानी-विराटनगर-दुहबी-इटहरी-धरान जोड्ने ६ लेन सडक विस्तारको काममा केही अबरोध आएकाले सडक आयोजनाले फुटपाथ क्लियर गर्ने उपमहानगरलाई पत्राचार गरिएको थियो ।

यता खेतीखोला र टेङ्ग्रा खोला अतिक्रमण गरेर बनाएको भौतिक संरचनाहरू भत्काइने भएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

कोसी प्रदेशको मेरुदण्डको रूपमा विकास गर्न खोजिएको भारत र चीन जोड्ने कोसी राजमार्गको रानी विराटनगर- इटहरी- धरान सडक योजना विस्तारको काम सरकारी बेवास्ताका कारण सुस्त गतिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img