देशबागमती प्रदेशमकवानपुरमा टोकन प्रणालीबाट सेवा सुरु

मकवानपुरमा टोकन प्रणालीबाट सेवा सुरु

हेटौडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पहिलो पटक टोकन प्रणालीबाट सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउन नागरिक सहायता कक्षको स्थापना गरी टोकन सेवा सुरु गरेको हो ।

सेवा लिन आउने नागरिकले अब नागरिक सहायता कक्षबाट सबै जानकारी पाउने र टोकन लिएपछि नागरिक सहायता कक्षकै कर्मचारीले सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताए ।

अब नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्नुपर्ने अवस्था नरहने र सेवाग्राहीलाई सम्बन्‍धीत फाटमा पठाएर सेवा प्रदान गरिने पाण्डेको भनाई थियो । नागरिक सहायता कक्षकै कर्मचारीले निशुल्क राहदानी आबेदन फारम, राष्ट्रिय परिचयपत्र आबेदन फारम र सामान्य निवेदन समेत लेख्ने गरि कक्षा स्थापना गरिएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img