देशतराईमा पाँच दिन ‘लू’को जोखिम, लक्षण र उपायहरू के के हुन्

तराईमा पाँच दिन ‘लू’को जोखिम, लक्षण र उपायहरू के के हुन्

सुनसरी : केही दिनदेखि बढेको गर्मीका कारण तराई क्षेत्रमा आगामी पाँच दिनसम्म तातो हावा ‘लू’हावाको जोखिम रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम बढ्दै गएको छ। देशको पहाडी तथा तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुगेको छ ।

` लू ´ का लक्षणहरू :

तातो हावा ‘लू’बाट थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्या देखापर्दछन् ।

‘लू’ लाग्नबाट बच्ने उपायहरू :

•तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने
•बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने)
•हल्का लुगा लगाउने, सुती कपडा लगाउने, •बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने,
•नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वतआदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img