देशकोशी प्रदेशइटहरीमा १२ लाख २३ हजार बढी लागतमा खुल्ला व्यायामशालाको उद्घाटन

इटहरीमा १२ लाख २३ हजार बढी लागतमा खुल्ला व्यायामशालाको उद्घाटन

सुनसरी : इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले इटहरी वडा नम्बर १६ मा रहेको खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन् ।

इटहरी वडा नम्बर – १६ बालग्राम टोलमा आज बिहान एक कार्यक्रम गरी नगर प्रमुख पौडेलले इटहरी उपमहानगरपालिका र स्थानीय बासिको लागत साझेदारीमा १२ लाख २३ हजार ३ सय २९ रुपैयाँ ३ पैसाको लागतमा निर्मित खुल्ला व्यायामशालाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले भने ”स्वास्थ्य भन्दा ठूलो सम्पत्ति अरु केही नभएको र स्थानीय सरकारले इटहरीका सबै वडा क्षेत्रमा खुल्ला व्यायामशाला निर्माण गर्ने उपमहानगरको नीति रहेको बताए ।”

चालू आर्थिक बर्षमा ५ वटा व्यायामशाला निर्माण गरिरहेको र आगामी आर्थिक बर्षमा बजेटमै व्यवस्था गरि थप २५ वटा खुल्ला व्यायामशाला निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । जनताको सहभागिता बिना स्थानीय सरकारले केही गर्न नसक्ने उल्लेख गर्दै दिगो विकासका लागि विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको आफ्नो धारणा व्यक्त गरे ।

सो कार्यक्रममा इटहरी वडा नम्बर – १६ का वडाध्यक्ष तेजनारायण चौधरी,कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायत बालग्राम टोल विकास संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुले समेत आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img