देशकोशी प्रदेशसङ्खुवासभामा बाढीले बगाएर एक जनाको मृत्यु, १७ जना मजदुर बेपत्ता

सङ्खुवासभामा बाढीले बगाएर एक जनाको मृत्यु, १७ जना मजदुर बेपत्ता

सुनसरी : सङ्खुवासभामा अविरल बर्षा कारण शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् ।

जिल्लाको चैनपुर- ४ पेङ्कोट र पाँचखपन- ९ मा गएको पहिरोले खोला थुनिएर खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ ।

उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्कविहीन रहेका छन भने निर्माण समाग्री, मेसिन बाढीले बगाएको छ । बाढीमा सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ । बाढीले पक्की मोटरेवल पुल समेत बगाएको छ । उनीहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img