देशकोशी प्रदेशधनकुटामा टाटा सुमो दुर्घटना हुँदा इटहरीको जनता क्याम्पसमा अध्ययनरत एक किशोरीको मृत्यु

धनकुटामा टाटा सुमो दुर्घटना हुँदा इटहरीको जनता क्याम्पसमा अध्ययनरत एक किशोरीको मृत्यु

सुनसरी : धनकुटाबाट धरान आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा इटहरीस्थित जनता क्याम्पस अध्ययन गर्ने एक किशोरीको मृत्यु भएको छ ।

जेष्ठ २६ गते धनकुटा नगरपालिका ९ खुरिलामा भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मृतक तामाङको १२ दिन देखी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो ।

मृतक प्रिस्किला इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । इटहरीको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी उनी धनकुटा स्थित घरबाट क्याम्पस र विद्यालय भ्याउने गरी प्रमाणपत्र लिएर बिहान ५ बजे घरबाट निस्केकी थिइन् ।

इटहरी आउने क्रममा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको उक्त टाटा सुमोमा धनकुटा ४ स्कुल डाँडाबाट लिफ्ट मागेर चढेकी उनी करिब २५ मिनेटमा दुर्घटना थियोे ।

५ जना सवार भनिएको उक्त गाडीमा सवार दुई जना मोरङ जहदा गाउँपालिका ३ का २३ वर्षीय अजय महला र जहदा ४ का २४ वर्षीय सुरेश मुखिया घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । गाडीमा सवार फरार रहेका अन्य दुई जना भारतीय नागरिक रहेका छन् । उनीहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको उक्त टाटा सुमोको नम्बर प्लेट बिहारको कटियारका सञ्जय यादवको नाममा दर्ता भएको ट्रकको रहेकोले उक्त सुमो चोरीको भएको खुलेको मृतकका भेना विनय मगरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img