सुनसरी : जुन महिनाको २१ औं तारिख अर्थात् असार ६ गते आज इटहरीमा शान्ति र्याली गर्दै नवौ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महासाखा, आयुर्वेद समूह इटहरीको आयोजनामा गरिएको र्यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र इटहरी ,नेपाल आयुर्वेद स्वास्थ्य सहकर्मी समाज इटहरी, जीवन विज्ञान लगायत विभिन्न संघ सस्थाहरुबाट ४ सय भन्दा बढी व्यक्ति हरुको उपस्थिति रहेको थियो।
मानवाताका लागी योग मुख्य नारा रहेको कार्यक्रममा जीवनका लागि योग, स्वास्थ्यका लागि योग जस्ता नारा सहित इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालिकाको प्राङ्गडमा पुगेर कोड सभा गर्दै कार्यक्रम अन्त्य गरिएको थियो ।
इटहरी उपमहानगरकालिका स्वास्थ्य महाशाखा अन्तर्गत रहेको आयुर्वेद प्रमुख मनोज कुमार यादव को अध्यक्षता तथा इटहरी वडा नम्बर १९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा “मानवताका लागि योग आवश्यक” भन्ने मूल नाराको साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस मनाउन सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरे पश्चात नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरे सँगै २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।