देशकोशी प्रदेशसुन्दरहरैचाको बाँसबारीमा मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु

सुन्दरहरैचाको बाँसबारीमा मोटरसाइकल पैनीमा खस्दा चालकको मृत्यु

सुनसरी : मोरङको सुन्दरहरैचा – ५ स्थित बाँसबारी चोकमा बिहीबार राति मोटरसाईकल दुर्घटनामा परि एक पुरूषको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका- ५ स्थित बाँसबारी– डिपु सडक खण्डमा रहेको पैनीमा मोटरसाइकल खस्दा स्थानीय ४५ वर्षीय शिवनाथ आचार्यको मृत्यु भएको छ ।

प्रदेश–१ ०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक बिहीबार राति आफै अनियन्त्रित भइ दुर्घटना हुँदा दुर्घटना भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आचार्यले मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने खुलेको छ ।

पैनीमा मोटरसाइकलसहित खसेका उनको घटना स्थलमा नै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img