सुनसरी : मोरङको केराबारी गाउँपालिका वडा ८ मा रहेको हजारबिघा सामुदायिक वन उपभोक्ता समितिबाट निर्माण गरिएको रोटेपिङ्गको निर्माण सम्पन्न हुन लागेको छ ।
ऐतिहासिक पहिचान बनेको रोटेपिङ्ग क्षेत्रमा रोटेपिङ्ग बनाउदै हजारविघा सामुदायिक वनमा रोटेपिङ्गको निर्माण काम अन्तिम अवस्था आएको छ । वन समुहले करिब ४ देखि ६ लाख रुपैया खर्चेर बालउद्यान , बोटानिकल गार्डेन सहित घेराबार गरेर रोटेपिङ्ग नामलाई जोगाउन रोहटेपिंग निर्माण गरिएको सामुदायिक वन समितिका अध्यक्ष रुद्रवहादुर खत्रीले बताए ।
यहाँ विभिन्न जिल्लाका तथा आन्तरिक पर्यटकलाई आकर्षित बनाउन निर्माण गरिएको उनी भन्छन् । रोटेपिङ्ग सँगै लिंगेपिंग पनि निर्माण गर्ने क्रममा रहेको सामुदायिक वन समितिका खत्रीले बताए ।