असार १७ गते देखी असार २३ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा परिस्थिति अनुकूल नदेखिए पनि मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पेसा–व्यवसायमा लाभ हुनेछ। आम्दानी बढ्नाले आर्थिक समस्या सुल्झनेछ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी या निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता शुभ कार्यमा सरिक भइनेछ ।सुरुमा रमाइलो भेटघाट भए पनि तत्कालै आफन्तबाट टाढा भइनेछ। उपहारमा पाएकाे वस्तु हराउने वा नष्ट हुने सम्भावना छ। स्वास्थ्य कमजाेर हुनाले यात्रामा समस्या आउन सक्छ। मंगलवारपछि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तिको साथ–सहयाेग पाइनेछ। मिहिनेत गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। सप्ताहान्तमा अवराेध पुर्याउनेहरू अग्रसर हुनेछन् र घरायसी समस्या समाजसम्म पुग्न सक्छ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता मनोरञ्जनमा सहभागिता भइएला । प्रतिस्पर्धीहरू पछि हट्नाले काममा उत्साह जाग्नेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलाे शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मंगलवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ। तापनि मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ र दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो साता कतैबाट नयाँ र शुभ समाचार सुन्न पाइनेछ । प्रारम्भिक प्रयत्न फलदायी रहनेछ। केही विवादास्पद काममा अल्झनुपरे पनि बुद्धिकाे उपयाेगले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। आफ्नाे अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मित्रता र प्रेमको बन्धन कसिनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। लाेकप्रिय कामले समाजमा पनि स्थापित गराउने समय छ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता दबाब र तनाव बढेको महसुस हुनेछ । पुरानो हिसाबकिताब सुल्झाउन समय लागे पनि नयाँ काम गर्ने बाटाे खुल्नेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। शत्रु र राेगबाट छुटकारा मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। अनुभव र पराक्रम देखाएर उपलब्धि हातपार्ने समय छ। सप्ताहान्तमा आफन्तसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा केही उपलब्धि हातलागी हुनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। सहयाेगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जाेखिम टर्नेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम गर्न सकिनेछ। सप्ताहान्तमा भने केही समस्यासँग जुध्नुपर्ला। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम बिग्रने डरले सताउन सक्छ। यो साताका लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । काममा सुरुको प्रयत्नले साताभरि फाइदा दिलाउनेछ। साताभरि केही उल्झन भने आइरहनेछन्। तापनि बुद्धिले काम लिन सकिनेछ। मंगलवारसम्म काममा अरूकाे भर नपर्नुहाेला। सहयाेगीहरूले समेत प्रतिस्पर्धीकाे स्वार्थमा काम गर्न सक्छन्, सजग रहनुहाेला। बुधवारदेखि सानातिना उल्झन र घरेलु समस्या आउन सक्छन्। तापनि परिस्थितिमा सुधार ल्याउन सकिनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ र प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । सुरुकाे प्रयत्न फलदायी रहनेछ। आँटले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। तर साताभरि विवादास्पद जिम्मेवारी आउनाले केही आलाेचित बन्नुपर्ने देखिन्छ। समय–समयमा आफ्नैबाट पनि धोका हुनेछ, विशेष योजना सार्वजनिक नगर्नुहोला। मंगलवार र बुधवार स्थिति अनुकूल बन्नाले सहयोगी जुटाउन सकिनेछ। रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ। सप्ताहान्तमा पारिवारिक मतभेद बढ्ने सम्भावना छ। बेलामा अल्छी गर्दा आफ्ना कमजाेरीकाे फाइदा भने अरूले उठाउन सक्छन्, सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो साता माध्यम नै रहनेछ । प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ। खानपानकाे असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जाेगाउन मुस्किल पर्नेछ। पुरानाे विवाद सुल्झाउने प्रयत्न गर्नुहाेला। बुधवार र बिहीवार स्थिति अनुकूल बन्नाले धेरै काम सम्पादन गर्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने नयाँ काममा सम्झौता हुन सक्छ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले अवराेध निम्त्याउन सक्छन्, सजग रहनुहाेला। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। तर लगत्तै खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। मंगलवारपछि रमाइलाे भेटघाटले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो साता अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बीचमा खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने देखिन्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा पारिवारिक भेटघाटको आनन्द प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । साता फलदायी रहनेछ। प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्रा गर्ने अवसर जुट्न सक्छ। यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग घ्यू रङ्ग वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।



