सुनसरी : झापाको मेचीनगरमा आज बिहान हात्तीको आक्रमणमा परी एक बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका – १० स्थित महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् । वडाध्यक्ष नारायण खनालका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ बजे हात्तीको आक्रमणमा परेकी हुन् ।उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खनालले जानकारी दिए ।
स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । शवको पाेस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले आवश्यक पक्रियाका लागि पठाइएको छ । महानन्द टोल धुलाबारीको व्यस्त बजार क्षेत्र हो । बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन् ।



