देशकोशी प्रदेशकेराबारीमा घाँसको भारीले थिचेर एक व्यक्तिको मृत्यु

केराबारीमा घाँसको भारीले थिचेर एक व्यक्तिको मृत्यु

सुनसरी / मोरङको केराबारीमा घाँसको भारीले थिचेर एक जनाको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका – ९ देवीझोडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीको मृत्यु भएको हो । आफ्नै खेतमा घाँस काटेर फर्किने क्रममा बिहान ७ बजेतिर घाँसको भारीले थिचेर बेहोस भएको अवस्थामा सुवेदीलाई फेला पारिएको इलाका प्रहरी कार्यलय केराबारीले जनाएको छ ।

चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेको हुनसक्ने अनुमान प्रहरीको छ । स्थानीयले उद्दार गरेर बेहोस अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउन साथ अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img