देशकोशी प्रदेशसुनसरीमा आजदेखि दादुरा विरुद्वको खोप अभियान सञ्चालन

सुनसरीमा आजदेखि दादुरा विरुद्वको खोप अभियान सञ्चालन

सुनसरी / सुनसरीमा सोमबारदेखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइएको छ ।

विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो । महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पूनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

अभियान बारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी जानकारी गराएको छ । खोप अभियान सुनसरीको बर्जु गाउँपालिका बाहेकका अन्य ११ वटा स्थानीय तहमा संचालन हुनेछ ।

बर्जु गाउँपालिकामा भने फागुन महिनामा महामारीका रुपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएकाले विशेष अभियानमा बर्जु बाहेकका अन्य स्थानीय तहमा खोप कार्यक्रम चलाउन लागिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img