देशकोशी प्रदेशभोजपुरको पानधारे पोखरी वरिपरि वृक्षरोपण

भोजपुरको पानधारे पोखरी वरिपरि वृक्षरोपण

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ पानधारे पोखरी वरिपरि स्थानीयबासिहरूले वृक्षरोपण गरेका छन् ।

शनिबार टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज माङ्पाहाङ्गको नेतृत्वमा स्थानीयबासिहरूले पानधारे पोखरी वरिपरि वृक्षरोपण गरी सडक मर्मत गरेका छन् ।

बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् ।

पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए । आगामी दिनमा पनि सडक मर्मत देखि सरसफाइ र वृक्षरोपण गरिरहने बताए ।

सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका कामगरेको स्थानीयवासी टङ्क घिमिरेले बताए ।

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए।

बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङ्गको भनाइ छ । यहाँ महिनामा दुईपटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर सङ्कलन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img