Wednesday, February 12, 2025
देशकोशी प्रदेशलिम्बूवान बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित

लिम्बूवान बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित

सुनसरी / लिम्बूवानको बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित बनेका छन् ।

कोशी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण आज सोमबार केही जिल्लाको जनजीवन प्रभावित बनेको हो । बन्दका कारण शैक्षिक संस्थाहरू समेत प्रभावित बनेका हुन् । लिम्बुवान राज्यको घोषणालगायत माग राख्दै राष्ट्रिय जनमुक्तिसहितका दलले बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण कोशी प्रदेशको सुनसरी, मोरङ, झापा लगायतका पहाडी जिल्लामा समेत जनवीवन प्रभावित बनेको छ । धरानमा पनि यसको प्रभाभ परेको छ । जसकारण छोटो तथा लामो दूरीको यात्रा गर्न समेत कठिन भएको छ । धरानको मुख्य चोक भानुचोकमा बन्दाकर्ताहरूले कुनै पनि सवारीसाधनहरूलाई प्रवेश गर्न दिएको थिएनन् ।

बन्दाकर्ताहरूले सवारीसाधन भानुचोकमा प्रवेश रोक लगाएपिछ अप्रिय घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै भानु चोक आसपासमा प्रहरी परिचालन गरिएको छ ।

जनमुक्ति पार्टीका साथै संघीय लिम्बूवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बूवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बूवान राज्य परिषद् र लिम्बूवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा बन्द आह्वान गरेका हुन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस