Wednesday, February 12, 2025
समाजहेटौंडा आँखा अस्पतालमा थेग्नै नसक्ने बिरामीको भिड

हेटौंडा आँखा अस्पतालमा थेग्नै नसक्ने बिरामीको भिड

हेटौंडा: सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको ह्वातै बढेका छन् । सामान्य चेकअप गर्ने भन्दा आँखा पाक्ने रोक अर्थात भाइरल कन्जंग्टिवाइटिसका बिरामी ७०% बढी रहेको अस्पतालले जनाएको छ ।

हेटौंडामा एक सातादेखी ह्वातै उक्त रोगका बिरामी बढेको अस्पतालका इन्चार्ज सुशील शिहले जानकारी दिए । उनका अनुसार अस्पतालमा सामान्य चेकअप गर्न आउनेमा पनि सर्न सक्ने भएकाले सामान्य/रेगुलर चेकअप गर्न आउनेलाई अहिले हतार नगर्न सुझाव पनि दिईएको छ । दैनिक ३५० को हाराहारीमा बिरामी आउने अस्पतालमा अहिले ७ सय भन्दा धेरै आउने गरेको उनले बताए ।

आँखा पाक्ने रोकका कारण बिरामी बढेर अस्पतालमा भिड थेग्नै नसकिने अवस्थामा पुगेको बताउदै प्रत्यक बर्ष गर्मी महिनामा फैलले भाईरल रोग अहिले अरु बर्ष भन्दा बढी फैलिएको उनको बुझाई छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस