काठमाडौं : आज सर्वोच्चमा प्रध्यानन्याधीस प्रकरण दिन प्रति दिन पेचिलो बन्दै गएको छ । विवादले उग्ररुप लिएपछि आज दुई वकिल बीच कुटाकुटनै भएको छ ।
पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका थिए।
विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्। अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन्।चुँडालले कुटाइखाए पश्चात प्रतिक्रिया दिदै बार गैर संवैधानिक भएको भन्दै अब यसको काम नभएको बताए । उनले मुलुकमा गणतन्त्र अन्त्य भएको र राजतन्त्र आउने दाबी गरे । बारले स्वतन्त्र कानुन व्यवशायीमाथि दमन गरेको उनको गुनासो छ ।
उनी बार दलाल रहेको भन्दै बारबाटै अन्यायको श्रृंखला सुरु भएको आरोप लगाउछन् । उनी आफू बारमा पिटिदा बारका पदाधिकारीहरु किन हेरेर बस्छ भन्दै प्रश्न गर्छन् । त्यसपछि उनी रुँदै भन्छन्, ‘यो कस्तो अन्याय हो ? अदालतमै कुटिदा पनि बारकाहरु के हेरेर बस्छन् ? यो अन्याय कहाँसम्म पुग्छ ?
यो व्यवस्थाको अन्त्य होस मुलुकमा पशुपति नाथ छन् भने राजतन्त्र आउनै पर्छ यही ठाँउबाट भन्छु म रगत बगाउन चाहान्छु तयार छु राजतन्त्र आउनै पर्छ राजतन्त्र नल्याइ छोड्दै छोड्दिन ।



