समाजहेटौँडामा डाक्टर कुटपिटमा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

हेटौँडामा डाक्टर कुटपिटमा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

spot_img

मकवानपुर: हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको सञ्चो अस्पतालमा कार्यरतडाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान अनुप र प्रधानलाई रहेका छन् । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधबार दुईजना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

सिसिटिभि फुटेको आधरामा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमति, छोरी, छोरा र भतिजालाई पक्राउ गरेको मकवानपुरका प्रहरीले जनाएको । आक्रमणमा संलग्न अन्यको विषयमा छानविन भैरहेको प्रहरीको भनाई छ ।

भिडियो रिपोर्ट:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img