देशकोशी प्रदेशखुकुरी हानाहानमा संलग्न धरानका उपमेयरका भाइ बेघासहित आठ जना पक्राउ

खुकुरी हानाहानमा संलग्न धरानका उपमेयरका भाइ बेघासहित आठ जना पक्राउ

spot_img

सुनसरी / दुई ग्याँङबीचको झगडामा खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
मंगलबार विष्णुलाई धरान–१५ खोरिया बस्तीस्थित घरैमा पुगेर अर्को समूहले खुकुरी प्रहार गर्दा उनको अनुहारमा चोट लागेको थियो । उक्त घटनामा प्रहरीले तत्कालै आक्रमणकारी पक्राउ नगरेको भन्दै धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले फेसबुक लाइभ गर्दै प्रहरीसँग असन्तुष्टि पोखेका थिए ।

तर अनुसन्धानका क्रममा उपप्रमुख बेघाकै भाइ जिष्णु वेघाको समूहले धरान–१५ सुर्य बस्तीका सन्देश राईको समुहमाथि सांघातिक रुपमा खुकुरीले आक्रमण गरेको खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले बिष्णुसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा २३ वर्षीय बिष्णुसहित धरान–१५ सूर्य बस्तीका २४ वर्षीय अमृत तामाङ, २३ वर्षीय अनिल मगर, २५ वर्षीय सजिव राई, २४ कै बाघबिरे भनिने सुरज तामाङ, २० का मेनल तामाङ, २९ का राजकुमार लिम्बू र २६ का दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ ।

उपमेयर बेघाका भाइ विष्णुको समुहले सूर्य बस्तीका सन्देशलाई पहिले खुकुरी प्रहार गरेर भागेका थिए । आक्रमणपछि विष्णु र उनको समूह भागेकोमा सन्देशको समूहले पनि उनलाई घरैमा पुगेर खुकुरी प्रहार गरेको जनाइएको छ ।

खुकुरी प्रहारबाट विष्णुको अनुहारमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको तर विष्णुको खुकुरी प्रहारबाट सन्देश राईको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।

घटनामा संलग्न समुहका व्यक्तिहरुलाई पक्राउ गरिएकोले प्रहरीले गम्भीरताका साथ थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img