इटहरी : नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ । नेपालीहरूको महान चार्डपर्व तिहारको अवसरमा ‘देउसी भैलो रेलिमै’ गित सार्वजनिक भयको छ ।
करिब एकदशक भन्दा बढी नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेर हरेक सांगीतिक कोसेली पस्कन सफल गायक एवं सर्जक राजेश न्यौपानेले अहिले पनि आफ्नो कला मार्फत धेरै गीतहरु श्रिङ्गारि रहेका छन । उनको केहि समय अगाडी मात्रै तीज गीत “बटौली´´ बोलको गीत बजारमा सार्वजनिक भयको थियो ।
बजारमा आएको यस गीतलाई छोटो समयमा नै करिब ५ लाख दर्सकले रुचाएका थिय। गीत सङित लाई बजार ल्याउने क्रममा फेरि तिहार गीत देउसी भैलो आयको छ ।प्रस्तुत गीतको म्युजिकमा राजेश न्यैपाने राम सारु मगर र डोल्मा शेर्पाको आवाज छ ,भने शब्द सङित गायक राजेश न्यौपाने कै रहेको छ भिडियोलाई निर्देशन छायांकन तथा निर्देशन निरज थापाले गरेका हुन् ।
“देउसि भैलो रेलिमै ” बोलको गीतलाई अहिले राजेश न्यौपाने ओफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भयको छ । भिडियो



