देशकोशी प्रदेशमोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी : मोरङको बेलबारी नगरपालिका -२ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकलको पछाडि सवार ७२ वर्षीय भिम बहादुर राई रहेका छन् भने घाईते हुनेमा मोटरसाईकल चालक ईलाम चुलाचुली नगरपालिका -२ का ४४ वर्षीय रमेश राई रहेका छन् ।

हिजो दिउँसो साढे २ बजे पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को. ३६ प. ९३६८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

घाईते दुबैलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा भिम बहादुर राईको मृत्यु भएको थियोे ।

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img