समाजसल्यान बस दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु, १७ जना घाइते

सल्यान बस दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु, १७ जना घाइते

सल्यानमा : सल्यानमा भएको बस दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा परी दाङको तुलसीपुर उपमहानगरपालिका– ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका– ६ की ४० वर्षीया अनिता बोहराको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

घाइते १७ जनालाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ। गम्भीर घाइते हुनेमा सल्यानको शारदा नगरपालिका – १० मदानेका २५ वर्षीय गाडीधनी मेघराज कुँवर र सोही जिल्लाको छत्रेश्वरी गाउँपालिका– १ मूलखोलाका ६० वर्षीय कमानसिंह बिक छन्।

त्यस्तै दुई जना डिस्चार्ज भइसकेका छन्। बाँकी १३ जनाको तुलसीपुरमै उपचार भइरहेको छ। दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका –३ मूलपानी नजिकै शनिबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो। सल्यान प्रहरी प्रमुख डिएसपी कार्कीका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको हो।

तुलसीपुरमै उपचार भइरहेका घाइतेहरू छत्रेश्वरी – ४ खर्सुबासकी ५३ वर्षीया चित्रा डाँगी, त्रिवेणी गाँउपालिका – ६ स्यालाकी ५९ वर्षीया कुमारी चन्द, सोही ठाउँका ६३ वर्षीय हुमबहादुर बस्नेत, त्रिवेणी– ४ जयचौरका ३६ वर्षीय दलबहादुर डाँगी, सोही ठाउँकी ५० वर्षीया धनी बस्नेत, शारदा नगरपालिका– ३ की २२ वर्षीया प्रतिमा कुँवर, शारदा– १२ की २७ वर्षीया माया राना, छत्रेश्वरी– १ का २४ वर्षीय खड्गबहादुर बिक, सोही ठाउँकी २६ वर्षीया रूपा बिक, सोही ठाउँकी १८ वर्षीया देवा बिक, दाङ तुलसीपुर– ६ स्याउली बजारका ६० वर्षीय प्रेमबहादुर बुढा, तुलसीपुर– ९ का २० वर्षीय प्रमोशन रिजाल, सल्यान कपुरकोट गाउँपालिका– ५ जामुनेका ७१ वर्षीय बिनी साहु छन्।

असोज ९ गते पनि सल्यानको कपुरकोटमै अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा यस्तै दुर्घटना भएको थियो। त्यसमा पनि दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img