देशकोशी प्रदेशइटहरी २० मा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम

इटहरी २० मा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतना मुलक कार्यक्रम

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
तरहरास्थित हाँसपोसा सामुदायिक वनको भवनमा स्तन क्यान्सर सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

सबै सरोकारवालाहरूले क्यान्सरबारे जान्नुपर्ने भएकाले स्तन क्यान्सर सम्बन्धी प्रशिक्षणको कार्यक्रमको आयोजना गरिएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।

उनले सचेतना अभियानलाई व्यापक रूपमा फैलाएमा स्तन क्यान्सर रोगको भयावह स्थितिलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्काले प्रशिक्षण दिइन् ।

उनले रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु उत्तम रहेको बताइन् । यदि रोग लागिहालेपनि समयमै उपचार गर्न सकिएमा क्यान्सर निको हुने बताइन् ।

स्तन क्यान्सरविरुद्ध जागरण फैलाउने अभियानका रूपमा अक्टोबर महिनालाई लिइन्छ। यही महिनामा संसारभर विभिन्न कार्यक्रम आयोजना गरीअभियान चलाइन्छ ।

एक दिने सचेतनामूलक कार्यक्रममा इटहरी २० का वडा सदस्यद्वय धर्मा गिरी, तनुज गुरूङ (सुरेश), इटहरी २० स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय महिलाहरूको सहभागी रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img