सुनसरी / इटहरीमा आफ्नै जेठी सासुको हत्या गरेको आरोपमा प्रहरीले भोजपुरका एक पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इटहरी उपमहानगरपालिका १७ स्थित मझौरा टोलकी ३२ वर्षीया कमला तामाङको सोमबार खुकुरी प्रहारबाट हत्या भएपछि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचोक ९ घर भइ इटहरी १७ मै बसोबास गर्दै आएका ४९ वर्षीय नीमा तामाङ रहेका छन् ।
उनले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खुकुरी प्रहारपछि गम्भीर घाइते भएकी उनको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो ।
खुकुरी प्रहार गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
पूरा समाचार : इटहरीमा खुकुरीले पटक–पटक प्रहार गरी एक महिलाको बीभत्स हत्या



