सुनसरी / इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. १७ मझौरा टोलस्थित एक महिलाको बीभत्स हत्या भएको हो ।
स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ (नीमाले कमलाकी बहिनी बिहे गरेको) रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
सोमबार दिउँसो ३ः४५ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको गौतमले पुष्टि गरे । ‘मृतक बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ ।
घरायसी कारणले नै हत्या भएको हुनसक्ने उनले बताइको छ । अदालतबाट मंगलबार म्याद थप गरिएपछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ ।
स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको नीमाले हत्या गरेका हुन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ ।
मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।



