सुनसरी / मोरङको बुढीगंगा गाँउपालिका कर्मचारीहरुले पेन डाउन गरेपछि पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु ठप्प भएको छ ।
कर्मचारीहरुले बुढीगंगा गाँउपालिका कार्यालयमा नाराबाजी गर्दै संघीय निजामति सेवा विधेयक २०८० मा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरिएको भन्दै स्थानीय निकायका कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलन गरिरहेको बेला विभिन्न पालिकामा समेत कर्मचारीहरुले पेन डाउन गरी विरोध प्रदर्शन शुरु गरेका छन् ।
उनीहरुले प्रहरी दमन बन्द गर, संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गर, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गर, कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधा गर,निजामती कर्मचारीको परिभाषामा तिनै तहका कर्मचरीलाई समावेश गर,कर्मचारी माथिको विभेद अन्त्य गर जस्ता नारा लेखिएका प्लेकाढ बोकेर नारा लगाएका थिए ।
कर्मचारीहरुको मागको सुनुवाई नहुन्जेल सम्म आफुले दिइरहेको सेवा बन्द गर्ने सो गाँउपालिकाका कर्मचारी देवराज आचार्यले बताए । उनले सरकारले प्रदेश र स्थानिय तहका कर्मचारिहरुलाई विवेध गरेको आरोप लगाएका छन् ।
पालिकाका कर्मचारीहरुले सरकारले माग पूरा नगरे असोज २३ गते देखि शुरु गरिएको पेन डाउनको सट्टा कामै बन्द गर्ने चेतावनी दिएका छन् ।



