देशबागमती प्रदेशहेटौंडामा क्रेनले किच्दा एकजनाको मृत्यु

हेटौंडामा क्रेनले किच्दा एकजनाको मृत्यु

मकवानपुर : हेटौंडाको कर्राचोक नजिकै क्रेनले किच्दा सोही क्रेनका सहचालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा क्रेनले किच्दा सहचालक पर्साको वीरगञ्ज महानगर-३० लाल पर्सा बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

क्रेनले किच्दा गम्भीर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन र क्रेन चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img