सुनसरी / मोरङको उर्लाबारी नगरपालिका- ७ स्कुलडाँडामा कारले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
शुक्रबार राति ८ बजे बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले उर्लाबारी-७ का ५६ वर्षीय वोधविक्रम मुखियालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुरुमा मुखियालाई उपचारका लागि उर्लाबारीकै अरनिको अस्पतालमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि बी एन्ड सी लगिएको हो ।
चिकित्सकले राति ९ः३० बजेतिर मृत घोषित गरेका हुन् । प्रहरीले दुर्घटनाल गत्तै कार र चालक लाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।



