देशकोशी प्रदेशभोजपुरको वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई हतुवागढी गाउँपालिकाको पत्र

भोजपुरको वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई हतुवागढी गाउँपालिकाको पत्र

सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले सप्तकोसीमा सञ्चालित वाटरबोट नियमन तथा सुरक्षाबारे चासो गरेको छ ।

हतुवागढी गाउँपालिकाले पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा समन्वयका लागि ८ वटा निकायलाई पत्राचार गरेको हो ।

केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए ।

उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वाटरबोट सञ्चालन र यात्रुहरूको सुरक्षाको विषयमा सरोकारवालासँग पत्राचार गर्ने बताएका थिए ।

सुनसरीको चतराबाट भोजपुरको सिम्लेसम्म सप्तकोसी नदिमा सञ्चालन भई राखेको जलयातायात सञ्चालनका लागि बोटको क्षमता भन्दा बढी चढाउने, बीचमा इन्जिन फेल हुने घटनाले यात्रुको सुरक्षामा खतरा बढेको भन्दै उक्त जोखिमपूर्ण यात्राको विषयमा ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ ।

हतुवागढी गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुर, धनकुटा, सुनसरी, उदयपुर, साथै जेटबोट सञ्चालक कम्पनी, बराहक्षेत्र नगरपालिका, शहिदभूमि गाउँपालिका र बेलका नगरपालिकालाई पत्राचार गर्दै वाटरबोट सञ्चालनर व्यवस्थापनमा आइपर्ने समस्याहरुको दीर्घकालिन समाधानको लागि समन्वय गर्न अनुरोध गरेको छ ।

वाटरबोटको नियमन तथा समन्वयका लागि हतुवागढी गाउँपालिकाले ११ बुँदा अघि सारेको उक्त पत्रमा बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, समय तालिका र भाडा दरको विषयमा उल्लेख गरिएको छ   ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img