Sunday, September 8, 2024
देशकोशी प्रदेशउदयपुरमा गुडीरहेको हायस गाडीको पांग्रा खुस्कीएर दुर्घटना, दशैं मनाउन हिडेका १८ यात्रु...
spot_img

उदयपुरमा गुडीरहेको हायस गाडीको पांग्रा खुस्कीएर दुर्घटना, दशैं मनाउन हिडेका १८ यात्रु घाइते

सुनसरी / उदयपुरमा सवारी दुर्घटना हुँदा डेढदर्जन घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अधेरी जंगल नजिकै दशैं मनाउन घरतिर जाँदै गरेको यात्रु सवार हायस गाडी दुर्घटना हुँदा ८ वर्षीया एक बालिका सहित १८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अन्दाजी दिउँसो १ बजे काठमाडौंबाट झापातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ ००४ क २०७६ नम्बरको हायस गाडी पछाडीको बाँया टायर खुस्कीएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो । गाडी नियन्त्रण गुमाएर सडकबाट ५ मिटर बायाँतर्फ रहेको रुखमा ठोकिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक विद्यालालकुमार साहले उपहारन्यूजलाई जानकारी दिए ।

दुर्घटनालगतै जिप्रका र अस्थायी प्रहरी पोष्ट संगमचोकबाट प्रहरी उद्धारका लागि घटनास्थल पुगेको थियो । उनीहरुलाई लगतै उपचारका लागि बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल पठाइएको छ । संगमचोक अस्थायी प्रहरी पोस्टबाट ४ किलोमिटर दूरीमा रहेको सो घटनास्थलबाट झापा मेचीनगर नगरपालिका वडा नम्बर १० का १२ वर्षीय बालक संयम कार्कीदेखि पाँचथर फिदिम गाउँपालिकाका वडा नम्बर ६ का ७२ वर्षीय बृद्ध बलवीर विकलसम्मको उद्धार गरिएको छ ।

सिन्धुली सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय चालक सागर ठाकुरीको टाउँकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि मोरङको बिराटनगरस्थित न्युरो हस्पीटल रेफर गरिएको छ । ईलाम सुर्यदय नगरपालिका ९ का ४० वर्षीया रेणुका गौतामको नाकमा चोट लागेको छ । उनको अवस्थामा भने सामान्य छ । रेणुकाकी १५ वर्षीय छोरा अनुपम आचार्य हात र अनुहारमा चोट लागे पनि अवस्था सामान्य छ ।

-Google Ads-

झापा शिवसतासि नगरपालिका १ का ३० वर्षीय निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट लागेको छ । उनको अवस्था बोल्न सक्ने छ भने उनको बहिनी १४ वर्षीया निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट देखिएको छ । सुनसरी बराह्रक्षेत्र नगरपालिका ५ बस्ने ३९ वर्षीय भीमकुमार खत्रीको दाहिने हात र छातीमा चोट लागेको छ । उनको अवस्थामा पनि बोल्न सक्ने रहेको उदयपुर प्रहरीले जनाएको छ ।

झापा मेची नगरपालिका वडा नम्बर १० धुलावारीकी ३९ वर्षीया भारती कार्कीको दाहिने खुट्टामा चोट लागेको छ । दुर्घटना भएको गाडीमा सवार १२ वर्षीय बालक संयम कार्की भारतीका छोरा हुन् । मोरङ पथरी नगरपालिकाका १४ वर्षीय निरज निरौलाको दाहिने खुट्टामा चोट लागेको छ । ललितपुर गोदावारी नगरपालिका ११ बस्ने ४७ वर्षीय बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोट लागेको छ । पाँचथर फिदिम नपा ६ का ७२ वर्षीय बलवीर विकको खुट्टा र अनुहारमा चोट लागेको छ । बृद्धा विकको अवस्था गम्भीर रहेकाले उपचारका लागि बिराटनगर पठाइएको छ ।

धनकुटा नगरपालिका ७ हुलाकटोलका ४७ वर्षीय रजित श्रेष्ठको बाँया खुट्टामा चोट लागेको छ । कन्चपुर भिमदत्त नगरपालिका १० का ३४ मुकेश चनको बाया हात, खुट्टामा चोट लागेको छ । झापा धुलाबारीका २७ वर्षीया अन्जु पोख्रेलको बाया हात, खुट्टामा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेकी छन् ।

धनकुटा साँगुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राईको दुबै खुट्टामा चोट लागेको छ । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय बिनोद राईको अनुहारमा चोट लागेको छ । झापा कंकाई नगरपालिका ४ बस्ने ३४ वर्षीय प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ । त्यस्तै भक्तपुर सुर्यविनाय नगरपालिकाका देवी दाहालको छोरी ८ वर्षीया आरध्या दाहाल खुट्टा र निधारमा चोट देखिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img