देशकोशी प्रदेशमाेरङबाट पेस्ताेल र गाेलीसहित एक जना पक्राउ

माेरङबाट पेस्ताेल र गाेलीसहित एक जना पक्राउ

सुनसरी / माेरङबाट पेस्तोल र गाेलीसहित शक्रबारराति एक जना पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेटकाे स्काेरपिओ गाडीभित्र पेस्ताेल र गाेली भेटिएपछि सर्लाहीकाे हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् ।

माेरङकाे धनपालथान गाउँपालिका वडा नम्बर -२ पैठामा पार्किङ गरेर राखेकाे बीआर ०६ पीए १३६३ नम्बरकाे स्काेरपिओभित्र पेस्ताेल र गाेली फेला परेपछि यादवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

स्काेरपिओकाे ड्यासबाेर्डभित्र कालाे कपडाले बेरेर राखेकाे अवस्थामा नेपाल तथा सशस्त्र प्रहरीकाे संयुक्त गस्ती टाेलीले राति ९ बजेतिर कटुवा पेस्ताेल र गाेली भेटेकाे हाे । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img