समाजमकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर: त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीम फेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएको मोटरसाइकल चालक मकवानपुर भीम फेदी गाउँपालिका–६ बैक रोड बस्ने वर्ष ३४ वर्षीय सुमिन लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा शुक्रवार ९ बजेर २५ मिनेटमा डाक्टरले मृत घोषणा गरेका थिए । भैँसेबाट हेटौँडा आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन । उनको बायाँ खुट्टा र च्यापुमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते बस्नेतको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । -/ फाईल तस्बिर ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img