समाजअस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला

अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला

मकवानपुर: हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिने अवस्थामा रहेको प्रदेश प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img