देशकोशी प्रदेशझापामा मिनी ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु

झापामा मिनी ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी / झापाको अर्जुनधारा नगरपालिका – ३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार
भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा २ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा नगरपालिका – २ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img