देशबागमती प्रदेशमकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर: मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र।०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए। सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img