देशकोशी प्रदेशधरानमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

धरानमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

सुनसरी / धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते समेत भएका छन् ।

मृत्यु हुनेमा धरान वडा नम्बर -१६ डेरा गरी बस्ने ४९ वर्षीय हरिभक्त राई रहेका छन् । धरान–१५ सदन रोडस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. १–०२–०४७ प ७७८२ नम्बरको २०० सिसीको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते बनेका राईको उपचारका लागि तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारका क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ । उनी धनकुटा सहिदभूमि गाउँपालिका–१ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

यस्तै ,धरान–८ सिद्धकाली चोकस्थित कोशी लोकमार्गमा धरानबाट इटहरी जाँदै गरेको को१ख ७७७८ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा२झ २६६९ नम्बरको कार एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा बस चालक धरान–१६ बस्ने वर्ष ३५ को केदार चौलागाई घाइते भएका छन् ।

यस्तै, धरान–१३ जिरो पोइन्ट स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह ८९७१ नम्बरको सिटी सफारी ब्रेकफेल भई अनियन्त्रित हुँदा पोलमा ठक्कर लागेर दुर्घटना हुँदा चालक बराहक्षेत्र नगरपालिका –६ बस्ने वर्ष ४८ का प्रेम लिम्बू घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img